प्रदेश मन्त्री र सांसदमा पनि कोरोना संक्रमण

Posted on: 05 Aug, 2020

साउन २१, जनकपुर | प्रदेश न. २ मा कोरोना संक्रमणको जोखिम बढेसंगै त्यसको चपेटामा मन्त्री तथा सांसद समेत परेका छन् । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना संक्रमण देखिएको छ भने प्रदेश सांसद रिना यादव पनि संक्रमित भएकी छन् । 

सामाजिक विकास विकास मन्त्रालय उच्च स्रोतका अनुसार बुधबार साँझ आएको रिपोर्टमा मन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना पोजिटिभ पुष्टि भएको हो । यादव मन्त्रालयको निवासमै होम आइसोलेसनमा बसेका छन् ।

त्यस्तै जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह र उपमेयर रिता मिश्रको सचिवालय र पारिवारिक सदस्यहरु पनि कोरोनाबाट संक्रमित भएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!