आपत्तिजनक अवस्थामा गेस्ट हाउसबाट एक जोडी पक्राउ

Posted on: 21 Jan, 2020

माघ ७, जनकपुर | गेस्ट हाउसबाट आपत्तिजनक अवस्थामा एक जोडी पक्राउ परेका छन | धनुषा जिल्लाको लक्ष्मिनिया गाउँपालिका–४ सपहीस्थित एक गेस्ट हाउसबाट प्रहरीले आपत्तिजनक अवस्थामा एक जोडीलाई पक्राउ गरेको हो |

सोमबार सपहीको मेन रोडस्थित अमरज्योति लज एन्ड गेस्ट हाउसबाट ४ बजे एक महिला र एक पुरुषलाई आपत्तिजनक अवस्थामा फेला पारेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ | उक्त गेस्ट हाउसका सञ्चालकले महिलाहरुलाई प्रलोभनमा पारी जबर्जस्ती यौन व्यवसायमा लगाउने गरेको प्रहरीको भनाइ छ | उक्त गेस्ट हाउसका सञ्चालक फरार रहेको र उनको खोजी भइरहेको जनाइएको छ |

पक्राउ परेका दुवै जनालाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!