४० जना जन्ती बोकेको बसमा करेन्ट लाग्दा ९ जनाको मृत्यु, अन्य गम्भीर घाइते

Posted on: 25 Jan, 2019

माघ ११, धनुषा (रासस) | जन्ती बोकेको बसमा करेन्ट लाग्दा नौ जनाको मृत्यु भएको छ ।

सबैला नगरपालिकाअन्तर्गत पर्ने बल्टिया कोठियामा ११ हजार भोल्ट विद्युत् प्रवाह भइरहेको तारमा ना५ख १७५२ नंको जन्ती बोकेको बसले छुँदा नौ जन्तीको मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो । 

सिन्धुलीको दुधौली नगरपालिकास्थित जितपुर टोलबाट धनुषाको बल्टिया कोठियातर्फ जन्ती बोकेर आउँदै गरेको सो बस दुर्घटनामा परेको हो । 


बसमा सवार अन्य जन्ती गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ । बसभित्र करीब ४० जन्ती सवार रहेको बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!