प्रदेश २ को प्रदेशसभाको बैठक पुन: स्थगित

Posted on: 03 May, 2019

बैशाख २०, जनकपुर– लामो समयपछि बसेको प्रदेशसभाको वैठक पुनः अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश नम्बर २ को प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी र नेपाली काँग्रेसले प्रदेशसभा बैठक अवरुद्ध पारेपछि स्थगित भएको थियो ।  मुख्यमन्त्री लालबाबु राउत सरकारको काम कारबाहीको आलोचना गर्दै नेकपा र काँग्रेसले शुक्रबार बसेको प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

प्रदेश सरकारले गरेको अनियमितता र जथाभावी रकमान्तर गरेको विषयमा जवाफ माग गर्दै प्रदेशसभा बैठक अवरोध गरेपछि अनिश्चितकालका लागि प्रदेशसभाको बैठक अवरुद्ध भएको हो । सरकारले जवाफ नदिँदा प्रमुख प्रतिपक्षी काँग्रेस र प्रतिपक्षी नेकपाको अवरोधले लगातार चौथो पटक प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!