दुर्घटनामा एकको मृत्यु

Posted on: 18 Nov, 2020

मङ्सिर ३, धादिङ | त्रिभुवन राजपथअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–७ खानीखोलामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धुनिबेँसी नगरपालिका–७ का आठ वर्षीय रीतेश तामाङ रहेको इलाका प्रहरी कार्यालय धुनिबेँसीका प्रमुख प्रहरी निरीक्षक रुपा थापाले जानकारी दिनुभयो । काठमाडौँबाट नारायणघाटतर्फ जाँदै गरेको ना६ख ४९४७ नंको ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो । 

घटनापछि बजारवासीले क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध गरेका छन् । ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!