धादिङमा जिप दुर्घटना, घाइतेहरुलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो

Posted on: 03 Nov, 2020

कात्तिक १८, काठमाडौँ | धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका स्थित ससाहमा स्कपरियो जिप दुर्घटना हुँदा ५ जना घाईते भएका छन् ।

धादिङवेशींबाट काठमाण्डौं आउंदै गरेको बा १५ च ३५०४ नम्बरको स्करपियो जिप मंगलबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 


दुर्घटनामा मुक्तिनाथ बैंक क्षेत्रीय प्रवन्धक सुरेन्द्र श्रेष्ठ, सोहि बैंकका शाखा कार्यालय प्रमुख विनोद खतिवडा, चन्द्रबहादु्र दुवाडी, आईते नेपाली र चालक विनोद विश्वकर्मा घाईते भएका छन् । घाइतेहरुलाई धादिङ अस्पतालमा सामान्य उपचार पश्चात हेलिकप्टर मार्फत काठमाण्डौं ल्याइएको छ ।

तश्वीर: सामाजिक संजालबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!