महिला हिंसाका घटनामा वृद्धि

Posted on: 15 Sep, 2020

भदौ ३०, धादिङ | जिल्लामा बालिका र महिलामाथि हुने हिंसाका घटना बढिरहेका छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा जबर्जस्ती करणीका २३, हाडनाता करणीका दुई , जबर्जस्ती करणी उद्योगका १३ र बालयौन दुरुपयोगका दुई वटा घटना दर्ता भएका थिए । 

कार्यालयका महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख प्रहरी उपरीक्षक जयन्ती थापाले महिलामाथि हुने सबैप्रकारका हिंसा न्युनिकरण गर्न उच्च प्राथमिकताका साथ  काम गरिरहेको जानकारी दिनुभयो । एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट समस्यामा परेका महिलालाई सहयोग हुँदै आएको जनाइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!