ज्वालामुखी ५ का २७ घरधुरी नेकपा परित्याग गरि कांग्रेसमा प्रवेश

Posted on: 22 Aug, 2020

भदौ ६, धादिङ | धादिङ ज्वालामुखी ५ का पाँच दर्जनबढीले नेकपाका परित्याग गरि कांग्रेसमा प्रवेश गरेका छन् । आज एक कार्यक्रमका बीच उनीहरुलाई स्थानीय कांग्रेस नेताहरुले आफ्नो पार्टीमा प्रवेश गराएका हुन् ।

ज्वालामुखी गाउपालिका काँग्रेसले दिएको जानकारी अनुसार कांग्रेस प्रवेश गर्नेमा ज्वालामुखी  गाँउपालिका ५ खरिका २७ घर धुरिका ७० जना भन्दा बढी नेता-कार्यक्रताहरु रहेका छन् । 

कांग्रेस प्रवेश गर्नेहरुमा पुर्व नेकपाका भेष बहादुर अधिकारीको नेतृत्वमा तात्कालिन एमालेका पूर्व वडा सदस्य प्रेम बहादुर फ्याली, नेकपाका सक्रिय कार्यकर्ता सुरेश श्रेष्ठ सहित अन्य नेकपाका कार्यकर्ता रहेका छन् । उनिहरुले तीनै तहमा नेकपाको सरकार भए पनि नेताहरु जनताको पक्षमा भन्दा आफ्नो व्यक्तिगत फाइदाका लागि मात्रै काम गरेको आरोप लगाएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!