सनिबार राति ४.८ रेक्टरको भूकम्पको धक्का महशुस

Posted on: 30 May, 2020

जेठ १७, धादिङ | सनिबार राति भूकम्पको धक्का महशुस गरिएको छ । भूकम्पको धक्का धादिङ तथा काठमाडौँमा समेत महशुस गरिएको छ । 

धादिङ केन्द्रबिन्दु भएर शनिबार राति भूकम्प गएको हो । भूकम्पको मापन ४.८ रेक्टर मापन गरिएको छ  । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले ४.८ रेक्टरस्केलको भूकम्पको धक्का गएको पुष्टि गरे ।

भूकम्पले हल्लाएपछि मानिसहरु घरबाट बाहिर निस्किएका थिए । 

भूकम्प ९ बजेर ३६ मिनेट जाँदा धादिङको सुनौला बजार आसपास केन्द्रबिन्दु भएर गएको हो । भूकम्प नयाँ नभएर २०७२ सालको भूकम्पकै पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारी स्पष्ट पारे । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!