ज्वालामुखी गाउँपालिकाद्वारा काठमाडौँबाट स्थानीयको उद्दार

Posted on: 24 Apr, 2020

वैशाख ११, काठमाडौँ | नेपालमा लकडाउन जारी रहँदा ज्वालामुखी गाउँपालिकाले काठमाडौँबाट स्थानीयको उद्दार गरेको छ । शुक्रबार बेलुका धादिङको ज्वालामुखी गाउँपालिकाले काठमाडौँमा समस्यामा रहेका विद्यार्थी, मजदुर तथा गाउँपालिकामा स्थाई घर भई समस्यामा रहेकाहरुलाई ७ वटा बस मार्फत उद्दार गरेको हो । 


समस्यामा परेका र जारी लकडाउनका कारण काठमाडौँमै बस्न बाध्य भएकाहरु गाउँपालिकाले गाउँ लैजाने जानकारी पाएपछि झन्डै चारसयको हाराहारीमा काठमाडौँ स्थित धादिङ बसपार्क हुँदै काठमाडौँका पायक पर्ने ठाउँहरुमा उपस्थित भएका थिए । यो कार्यको संयोजन भूमिका स्थानीय युवा रामबाबु अधिकारी र हेमराज छत्कुलीले गरेका थिए । 

स्थानीयलाई लिन ज्वालामुखी गाउपालिका वडा नं. ४ र वडा नं. ६ का वडाध्यक्षहरु काठमाडौँमै आईपुगेका थिए भने नेपाली कांग्रेस ज्वालामुखी काठमाण्डौ सम्पर्क समितिको पहलमा द  बर्गर हाउस, गोंगबुले गाउँसम्म जाने यात्रुहरुको स्वास्थ्य जाँच गर्दै मास्क, सेनिटाईजर र पन्जा वितरण गर्ने काम गरेको थियो । 


गाउँ लागिएको यात्रुहरुलाई गाउँमा गएर घरमै सुरक्षित कसरी हुने भन्ने बिषयमा ब्रिफिङ गरि होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको गाउँपालिकाले जनाएको छ ।

भिडियो हेर्नुहोस्

यस बिषयमा तपाइको प्रतिक्रिया...!