ज्वालामुखी गाउँपालिकाले काठमाडौँमा रोकिएकाहरुलाई गाउँ ल्याउन निशुल्क बस पठाउँदै

Posted on: 23 Apr, 2020

अनिल अधिकारी | वैशाख ११, काठमाडौँ | विश्व कोरोनाको महामारीको कहरमा गुज्रदै गर्दा नेपाल ३१ दिनदेखि लकडाउनमा छ । जारी लकडाउन खुल्ने कुरामा कुनै निश्चितता छैन । यस्तो अवस्थामा आ-आफ्नो गन्तव्यमा जान नपाई कयौं मानिस काठमाडौँमा रोकिएका छन् । यसै विषयलाई मध्येनजर गर्दै धादिङको ज्वालामुखी गाउँपालिकाले शुक्रबार काठमाडौँमा समस्यामा रहेका विद्यार्थी, मजदुर तथा गाउँपालिकामा स्थायी घर भई समस्यामा रहेकाहरुलाई उद्दार गर्ने भएको छ । 

समस्यामा परेका र जारी लकडाउनका कारण काठमाडौँमै बस्न बाध्य भएकाहरुलाई गाउँपालिकाले काठमाडौँको बसपार्क, कलंकी हुँदै गाउपालिकासम्म निशुल्क बसको व्यवस्था मिलाएको जनाएको छ । गाउँ जान चाहनेहरुले बिहिबार बेलुकासम्ममा आफ्नो नाम टिपाउन समेत गाउँपालिकाले अनुरोध गरेको छ । काठमाडौँबाट शुक्रबार बेलुका ५:३० बजे बस छुट्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको सूचना समन्वय शाखाका अनुसार काठमाडौँमा हेमराज छत्कुली (9851220250) र रामबाबु अधिकारी (9851282025) लाई फोन सम्पर्क गरि इच्छुकहरुले आफ्नो नाम टिपाउन सक्नेछन् । 

यसै बिषयमा गाउँपालिका अध्यक्ष विनोदराज तिमल्सिनाले गाउँ आउन चाहनेहरुलाई निशुल्क बसको व्यवस्था भएको बताउदै इच्छुकहरुले टिपाएको नामको आधारमा बस व्यवसायीहरुसंग समन्वय गरि आवश्यक शंख्यामा बसहरु काठमाडौँसम्म पठाउने निर्णय भएको जानकारी दिए । उनले भने 'बस चढ्न आउनेहरुलाई लक्षित गरि गाउँपालिकाबाटै माक्स र स्यानीटाइजर उपलब्ध गराइन्छ । गाउँ आएपछि लकडाउनको अनुशासन पालना गरि घरमै बस्न हामीले आग्रह गर्ने छौं ।' 

यस बिषयमा तपाइको प्रतिक्रिया...!