धादिङमा मिनी ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु, दर्जन बढी घाइते

Posted on: 21 Jan, 2020

माघ ७, काठमाडौ | धादिङमा मिनी ट्रक दुर्घटना भएको छ | दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने  एकदर्जन बढी घाइते भएका छन्  |

जिल्लाको निलकण्ठ नगरपालिका वडानम्बर ८ मैदीभञ्जाङमा ग १ ख १२८० नम्बरको ट्रक पल्टिएको हो |

ट्रकमा मण्डली दर्शन गरेर फर्किएका निलकण्ठ–२ भुलभुलेका स्थानीयबासी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!