धादिङको ज्वालामुखी ५ लाई केन्द्रविन्दु बनाई भूकम्पको धक्का महशुस

Posted on: 27 Jun, 2019

असार १२, काठमाडौँ | धादिङको ज्वालामुखी ५ (साविकको खरी गाविस) लाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महशुस  भएको छ । बिहीबाार राति १० बजेर २१ मिनेट जाँदा उक्त क्षेत्रलाई केन्द्रविन्दु बनाई ४ म्याग्निच्यूडको भूकम्प गएको हो । 


भूकम्प मापन केन्द्रको नक्सा अनुसार भूकम्पको धक्का खरीबाट उत्तरतर्फ पर्ने चैनपुर नजिकै मस्तेखोलाको नजिकै केन्द्रबिन्दु बनाएको हो । 


भूकम्पको केन्द्रविन्दु गोर्खाको सिमाना जोडिएको खरीमा रहेको हुँदा धादिङ र गोरखामा पनि भूकम्पको धक्का महशुस गरिएको थियो । मापन केन्द्रका अनुसार यो पनि २०७२ वैशाख १२ गते गएको शक्तिशाली भूकम्पकै परकम्प हो। 

गोरखा भूकम्पपछि गोरखा, धादिङ र सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर धेरै परकम्प गएका छन् । हालसम्म ४ म्याग्निच्यूडमाथिका परकम्पको संख्या करिब ५ सय हाराहारी छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!