युवा गायक जोशीको मर्मस्पर्शी गित ’परदेशीको ब्यथा’ सार्बजनिक (भिडीयोसहित)

Posted on: 09 May, 2017


शुन्दर सुदुरपश्चिमको दार्चुला, लेकम गाउँपालीका ५ मैखोली अम्कुरमा जन्मीनुभएका युवा गायक दिलेन्द्र प्रशाद जोशीको निकै मर्मस्पर्शी गित बजारमा आएको छ । 

पढाइको सिलसिलामा जापानमा बस्दैआएका जोशीले परदेशमा बस्नुपर्दा नेपालीहरुले भोग्नुपरेका समस्या, ब्यथाहरुलाइ संगित भरेर ’प्रदेशीको ब्यथा’ गित बजारमा ल्याउन सफल भएका छन । 


यो गितमा प्रेम कडेलको सब्द, दिलेन्द्र प्रशाद जोशीको संगित र गितको म्युजिक एरेन्ज बिनोज बाजुरालिको रहेको छ । गितको भिडियो बिभिन्न बाध्यताले धन कमाउन परदेशीएका नेपालीहरुका पिडा, समस्याहरुमा आधारीत छ । 

यसअघि जोशीका मायालाइ पैसामा किन्छु नभन बोलको दोहोरी गित, मायालाइ घुमाउन लानेहो, तिज बिशेषका गितहरु गरी झन्डै आधा दर्जन लोकदोहोरी गितहरु बजारमा आइसकेका छन ।

साङगेतिक यात्रालाइ निरन्तरता दिने र अगामि दिनहरुमा डोटेली भाषाका गिहरुसमेत बजारमा ल्याउने तयारीमा रहेको जोशीले बताउँनुभयो । प्रस्तुति: लोकेन्द्र प्रशाद जोशी



यस बिषयमा तपाइको प्रतिक्रिया...!