‘मेरो सीप र श्रम, मेरो माटोलाई’ नगरपालिकाको नीति तथा कार्यक्रम

Posted on: 28 Jun, 2019

असार १३, दार्चुला | महाकाली नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६-७७ मा कृषि क्षेत्रलाई प्राथमिकता राख्दै ‘मेरो सीप र श्रम, मेरो माटो’लाई अभियान सञ्चालन गर्ने भएको छ । नगरपालिकाको पाचांैँ नगरसभाले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति कार्यक्रममा सो अभियान सञ्चालन गर्ने भएको हो ।

अभियानअन्तर्गत नगरपालिका्भित्रका स्थानीयवासीको सीप र स्थानीय जनशक्ति पहिचान गराई स्थानीय विकासको रोजगारीमूलक कार्यक्रममा लगाइने उल्लेख गरिएको छ । अभियानलाई सफल पार्नका लागि स्थानीय क्षेत्रको दक्षजनशक्ति व्यवस्थापन र परिचालन गर्न स्थानीय स्वयंसेवक कार्यविधि तयार गरिने नगरप्रमुख हंशराज भट्टले बताउनुभयो । 

आवश्यक जनशक्तिलाई कृषि, शिक्षा, संस्कृति तथा पर्यटन, स्वास्थ्य, सूचना प्रविधिक र उद्यमशीलताको क्षेत्रमा जनशक्ति परिचालन गर्ने नगरपालिकाको तयारी छ । नगरपालिकाले कूल रु ५४ करोड ७८ लाख ८१ हजारको बजेट विनियोजन गरेको छ । नगरपालिकाले कृषि क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि कृषि आधुनिकीकरण गर्ने र कृषि उद्यम स्थापना गर्ने उल्लेख छ । 

यस्तै रोजगारी तथा आर्थिक वृद्धिका लागि स्वरोजगार कार्यक्रममार्फत रोजगार कार्यक्रम गर्ने सञ्चालन गर्ने जनाएको छ । नगरपालिकाले पर्यटकीय गन्तव्यको पहिचान गरी नगरपालिकालाई कैलाश मानसरोवर प्रवेशद्वारको रुपमा विकास गर्ने उल्लेख छ । यसैगरी नगरपालिकाले किसानको हकहित संरक्षण र संवद्र्धन गर्दै कृषि उत्पादनको उत्पादकत्व बनाउने नीति ल्याएको छ भने आव २०७६-७७ बाट कृषक पेन्सन कोष निर्देशिका तयार गरी कार्यान्वयनमा ल्याउने नगर प्रमुख भट्टले उद्घोष गर्नुभयो । 

यस्तै एक वडा एक उत्पादन कार्यक्रम सञ्चालन गर्ने नीति ल्याइएको छ । नगरपालिकालाई दूध, मासु, तरकारी र फलफूलमा आत्मनिर्भर बनाउने नगरपालिकाको योजना छ ।  कृषि क्षेत्रमा बाली बीमालगायत स्वास्थ्य बीमा र पशुपक्षीमा समेत बीमा लागू गर्नको लागि निरन्तर पहल गर्ने नगरपालिकाले नीति ल्याएको छ । 

जडीबुटी र पर्यटन पूर्वाधारमा जोड

मार्मा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६-७७ को बजेट तथा नीति कार्यक्रममार्फत जलस्रोत जडीबुटी र पर्यटन पूर्वाधारमा जोड दिने नीति सार्वजनिक गरेको छ । गाउँपालिकाको पाँचाँै गाउँसभाबाट जलस्रोत जडीबुटी र पर्यटन पूर्वाधारको विकास समग्र गाउँपालिकाको समृद्धि र विकासमा हाम्रो प्रयास भन्ने मूलनाराका साथ नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । गाउँपालिकाले समृद्धि मार्माका लागि कूल रु ३२ करोड २६ लाख २९ हजार बराबरको अनुमानित बजेट पेश गरेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!