दाङमा पाँचवटा गोली लागेर जङ्गलमा छट्पटाइरहेको अवस्थामा एक व्यक्ति फेला

Posted on: 26 Nov, 2020

मंसिर ११, काठमाडौँ |  दाङमा गोली लागेको अवस्थामा एक पुरुष फेला परेका छन् | जिल्लाको तुलसीपुर उपमहानगरपालिका–१३ बराहाखुटीका ४५ वर्षीय खुसलराम पौडेल पाँच वटा गोली लागेको अवस्थामा  फेला परेको प्रहरीले जनाएको छ |बुधबार राति साढे १० बजे दाङ लमही नगरपालिका–९ च्याउ खोला (जंगल)मा गोली लागेर गम्भीर घाइते भएको अवस्थामा पौडेल फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी शिवबहादुर सिंहले जानकारी दिए |

पौडेलको ढाडमा ३ वटा गोली र दाहिदे खुट्टाको तिघ्रामा २ वटा गोली लागेको उनले बताए | कसले किन पौडेलमाथि गोली चलायो भन्ने कुरा नखुलेको प्रहरीको भनाइ छ | उनलाई तत्कालै एम्बुलेन्समार्फत बाँकेको नेपालगञ्ज नरसिंह होममा उपचारको छ | घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!