दाङमा मोटरसाइकल दुर्घटना,एकको मृत्यु

Posted on: 17 Jan, 2020

माघ ३, दाङ | दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ | मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका वडा नं. ५ कासीपुरका ४५ वर्षीय चोपीलाल केसी रहेको प्रहरीले जनाएको छ | 

बिहीबार बेलुका ७ बजेतिर हापुरेबाट–रगैंजातर्फ जाँदै गरेका केसी सवार रा ५ प २२६९ नम्बरको मोटरसाइकल बबई गाउँपालिका वडा नं. ६ को चिसापानीमा दुर्घटना भएको हो | दुर्घटनाका गम्भीर घाइते केसीलाई बाँकेतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ | 

तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाई छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!