एक महिला जंगलमा मृत फेला

Posted on: 18 Aug, 2019

भदौ १, दाङ |  दाङको तुलसीपुर स्थित एक सामुदायिक वनमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ अश्वारास्थित अश्वारा सामुदायिक वनमा शनिवार दिउँसो ४ वजेतिर एक महिला मृत अवस्थामा फेला परेकी हुन ।

स्थानीयले वनमा महिला मृत अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए । यो खवर तयार पार्दासम्म मृतकको शनाखत हुन नसकेको प्रहरीले बताएको छ । शव केहि सडेको अवस्थामा फेला परेको हुँदा पहिचानमा केही समस्या भइरहेको प्रहरीले बताएको छ ।

शव पोष्टमार्टमका लागि  राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!