दाङमा सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु

Posted on: 17 Aug, 2019

साउन ३२, दाङ  । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको  लमही नगरपालिका–९ रिहारबाट पश्चिमतर्फ गइरहेको रा१प ११३१ नंको  मोटरसाइकललाई  विपरीत  दिशाबाट आएको  ना ६ख ३४०३ नंको ट्रकले ठक्कर दिँदा आज दिउँसो गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख बेलबहादुर पाण्डेका अनुसार मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–५ धर्नाका ४२ वर्षीय  विनोद बस्नेत र नेपालगञ्ज उपमहानगरपालिका–४ कारकादो बस्ने ४५ वर्षीय रमेश बस्नेत रहेका छन् ।

विनोदको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र  रमेशको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सवारी दुर्घटनामा संलग्न सो ट्रकलाई लमही–८ मा रहेको पाण्डेश्वर क्रसर उद्योगबाट नियन्त्रणमा लिइएको छ भने चालक हाल फरार रहेको र खोजी भइरहेको  दाङ प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!