दाङमा ढलान भत्किँदा तीन मजदूरको मृत्यु

Posted on: 15 Jun, 2019

जेठ ३२, लमही । दाङको लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योग निर्माण गर्ने क्रममा ढलान भत्किँदा तीन मजदूरको मृत्यु भएको छ । 

उद्योगको छैटौँ तलामा नयाँ ‘प्लान्ट’ निर्माणको क्रममा बिहान २ बजे ढलान भत्किँदा भारत झारखण्ड निवासी ४५ वर्षीय मङ्गल कस्यव, २२ वर्षीय दयाल हरेन र ४६ वर्षीय साहेवको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले बताउनुभयो । 

उक्त घटनामा अजय हेरेन, दिपेन बोडोलइ, नरेन बोडलइ घाइते भएका छन् । जसमध्ये अजय हेरेन र नरेन बोडोलाई थप उपचारको लागि बुटवल लगिएको छ । दिपेनको फलोरेन्स अस्पताल लमहीमा उपचारपछि डिस्चार्ज गरिएको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

दाङका एक युवकले अमेरिका जाने सपनामा ७५ लाख डुबाएर १७ महिना जेल परे

 दाङका एक युवकले अमेरिका जाने सपनामा ७५ लाख रुपैयाँ मात्र गुमाएनन्, १७ महिना जेलसमेत बिताउनुपरेको छ । मानव तस्करलको पछि लागेर विभिन्न देश हुँदै अमेरिका पुगेका ती युवा अमेरिकाममै १७ महिना जेल परेका हुन् ।उनलाई अमेरिका पठाउने गिरोहका सदस्य टोपबहादुर जिसीलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ ।प्रहरीका अनुसार अमेरिका लैजान सुरुमै उनीसँग २० लाख रुपैयाँ लिइएको थियो । पछि बाटोमा धम्क्याएर थप पैसा असुली गरिएको हो । भारतबाट युएई हुँदै उनलाई ब्राजिल लगिएको थियो । त्यहाँबाट विभिन्न देशको सडकमार्ग हुँदै अमेरिका लगिएको हो ।

मेक्सिकोबाट अमेरिका छिरेलगत्तै पक्राउ परेका उनी त्यहाँ १७ महिना जेल परे । जेलबाट छुटेपछि उनलाई नेपाल डिपोर्ट गरिएको थियो ।पक्राउ परेका जिसीले हाल मृत्यु भइसकेका एक प्रदेशसभा सदस्यको निर्देशनमा पैसा लिएको बयान दिएका छन् । पछिल्लो समय नेपाल मानव तस्करीमा विश्वकै प्रमुख स्रोत बनिसकेको छ । छिमेकी देश हुँदै अफ्रिकादेखि अमेरिकासम्म नेपाली युवायुवतीको तस्करी हुने गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा विस्तृतमा पढ्न सक्नुहुन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!