एक महिना अघि मात्रै मलेशिया पुगेका नेपालीको मृत्यु, दशैँको टीकाका दिन एक्कासि बेहोस

Posted on: 20 Oct, 2019

कात्तिक ३, काठमाडौँ | रोजगारीका लागि मलेशिया जानुभएका दाङका एक व्यक्तिको मृत्यु भएको छ । शान्तिनगर गाउँपालिका–२ बाघमारे निवासी ४२ वर्षीय मोहन केसी (कान्छो) को असोज २९ गते नेपाली समयअनुसार बेलुका ४:३० बजेतिर मृत्यु भएको हो ।

दशैँको टीकाका दिन एक्कासि बेहोस भएपछि उपचारका लागि मलेशियाकै सालम अस्पतालमा लगिएको र उपचारका क्रममा उहाँको मृत्यु भएको आफन्त सुरेश ओलीले बताउनुभयो ।

केसी डिएचएल सप्लाई चैन कम्पनीमा ‘सेक्युरिटी गार्ड’ मा काम गर्न एक महीनाअघि मात्रै मलेशिया जानुभएका केसीको शव सोमबार नेपाल ल्याउने तयारी भएको उहाँले जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!