दाङमा विषादी सेवन गरी चार दिनमा चार जनाद्वारा आत्महत्या

Posted on: 09 Aug, 2019

साउन २४, दाङ  | दाङ्गमा पछिल्लो चार दिनमा विषादी सेवन गरेर चार जनाले आत्महत्या गरेका छन् । गत राती तुल्सीपुर उपमहानगरपालिका–१२ क्वाङगीका जलबहादुर चौधरीकी १२ वर्षीया दिपिक्षा चौधरीको विषादी सेवन गरी मृत्यु भएको हो ।

उनी सहित उक्त विषादी सेवन गरि पछिल्लो चार दिनमा चार जनाको ज्यान गएको दाङ प्रहरीले जनाएको छ  | चौधरीको उपचारको क्रममा ज्यान गएको र उनको शव प्रादेशिक अस्पताल दाङ्गमा राखिएको शाहले बताए ।

यसअघि विषादी सेवन गरेर तुल्सीपुर उपमहानगरपालिका–३ बेलुवाका ३७ वर्षीय मिनबहादुर बिक, सोही नगरपालिका–१९ बिजौरीकी ५० वर्षीया  बमकुमारी रोका र राजपुर गाउँपालिका–३ गंगदीकी २१ वर्षीया मिरा चौधरीको मृत्यु भएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!