दैलेखमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

Posted on: 24 Jan, 2020

माघ १०, दैलेख | जिल्लाको भगवतीमाई गाउँपालिका ४ को मन्घरमा ट्याक्टर दुघटना हुँदा एकजनाको मृत्यु भएको छ  |भने दुईजना घाइते भएका छन् |

शुक्रबार बिहान जाजरकोटको सुयाडादेखि दैलेखको भगवतीमाई गाउँपालिका मुकाम बेस्तडा बजार आउँदै गरेको भे. १ च ९७७० नम्बरको ट्याक्टर दुर्घटना हुँदा भगवतीमाई गाउँपालिका ५ का २० वर्षीया भीमबहादुर विकको घटनास्थलमै मृत्यु भएको बेस्तडा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक मनोज कँडेलले बताए |

घाइते हुनेमा ट्याक्टर चालक २८ वर्षीया दीपक विक र सहयोगी १९ वर्षीया ललित विक रहेको प्रहरी जानकारी दिएको छ। घाइते दुवैको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ। ट्याक्टर सडकबाट झण्डै ३ सय मिटर तल खसेको प्रहरी सहायक निरीक्षक कँडेलले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!