चिनियाँ टोलीले दैलेखमा सुरु गर्‍यो पेट्रोलियम पदार्थको अन्वेषण

Posted on: 05 Nov, 2019

कात्तिक १९, दैलेख । पेट्रोलियम पदार्थको दोस्रो चरणको अन्वेषणका लागि दैलेख आएको चिनियाँ प्राविधिकको टोलीले काम सुरु गरेको छ ।

दुई देशबीचको सम्झौता अनुरुप यहाँ आएको टोलीले सिस्मिक, जिओलोजिकल र म्याग्नेट सर्वेलगायतका कामहरु सुरु गरेको हो ।

प्रारम्भिक चरणको अध्ययन गरिसकेको अनुसन्धान टोलीले अब ३ महिना जिल्लामै बसेर अन्वेषण गर्नेछ ।

यसका लागि प्राविधिक टोलीले आफ्नो बेस क्याम्प नै निर्माण गरिसकेको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा पंखबहादुर शाहीले लेखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!