डडेल्धुरामा अलपत्र अवस्थामा महिला फेला,आफन्तलाई सम्पर्क गर्न आग्रह

Posted on: 06 Feb, 2020

माघ २३, डडेल्धुरा | बुधबार डडेल्धुराकोअजयमेरु गाउँपालिकाको चमडा बजारमा अन्दाजी २२/२३ वर्षकी महिला अलपत्र अवस्थामा फेला परेकी छिन् |

प्रहरीका अनुसार आफ्नो नाम थर समेत बताउन नसक्ने तथा मानसिक सन्तुलन बिग्रेको उनीलाई हाल महिला मुक्ती समाजद्वारा संचालित सेफ हाउसमा राखिएको छ |

उनलाई चिन्ने तथा आफन्तलाई प्रहरीमा सम्पर्क गरिदिन प्रहरीले अनुरोध गरेको छ |



यस बिषयमा तपाइको प्रतिक्रिया...!