पूर्वाधार विकास कार्यालय डडेल्धुरामा बम बिष्फोट

Posted on: 27 Jan, 2020

माघ १३, डडेल्धुरा | डडेल्धुराको पूर्वाधार विकास कार्यालयमा बम बिष्फोट भएको छ | मध्यरातमा बम बिष्फोट भएपछि कार्यालय प्रवेश गर्ने मुख्य ढोकामा सामान्य क्षति पुगेको छ | 

प्रहरीका अनुसार कार्यालयको झ्यालमा समान्य क्षति भएको तर बमको कारण होकी होइन भनेर अहिले यकिन गर्न सकिएको छैन | घटनाबारे अनुन्धान भएपछि मात्रै पूर्ण विवरण आउने जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ | 

डोटी र डडेल्धुरा कार्य क्षेत्र रहेको उक्त कार्यालय कारागार कार्यालयको एक सय मिटर मात्र टाढा रहेकोमा सुतली शैलीको बम बिष्फोटबाट स्थानीय आतंकित भएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!