डाक्टर केसीलाई लिन डडेल्धुरा पुगेको हेलिकप्टर रित्तै फर्कियो

Posted on: 11 Nov, 2019

कार्तिक २५, काठमाडौँ | चिकित्सा शिक्षा सुधारको माग राख्दै डडेल्धुरामा अनशनरत डाक्टर गोविन्द केसीलाई लिन पुगेको नेपाली सेनाको हेलिकप्टर रित्तै फर्किएको छ | सोमबार बिहान सोमबार बिहान साढे ८ बजे डडेल्धुरा पुगेको हेलिकप्टर दिउँसो २ बजे रित्तै सुर्खेतका लागि उडेको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए |

केसी र उनका समर्थकहरुले नमाने पछि भनेपछि हेलिकप्टर फर्काएको उनले बताए | डाक्टर केसीले आफूलाई हेलिकप्टरमा काठमाडौं लैजानुभन्दा बरू माग पूरा गर्नुपर्ने बताएका छन् | तर चिकित्सकहरु भने केसीको स्वास्थ्य अवस्था बिग्रेको बताउछन |

डडेल्धुरा अस्पतालमा केसीको उपचार सम्भव नभएपछि सुविधासम्पन्न अस्पताल लैजान चिकित्सकहरूले आग्रह गरेका थिए।यसअघि आइतबार विज्ञप्ति निकालेर डडेल्धुरा अस्पतालले केसीको ब्लड प्रेसर घट्न थालेको, मुटुको चालमा वृद्धि भइ समस्या देखिएको, रगतमा अक्सिनको मात्रा घटेको र मृगौलामा समस्या देखिएको जनाएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!