डाक्टर केसीलाई लिन सेनाको हेलिकप्टर डडेल्धुरा

Posted on: 11 Nov, 2019

कार्तिक २५, काठमाडौँ | चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै डडेल्धुरामा अनसनरत डाक्टर गोविन्द केसीलाई ल्याउन काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर गएको छ | डाक्टर केसीको स्वास्थ्य जटिल बन्दै गएकाले उनलाई काठमाडौं ल्याउन सेनाको हेलिकप्टर गएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए |

आइतबार विज्ञप्ति निकालेर डडेल्धुरा अस्पतालले केसीको ब्लड प्रेसर घट्न थालेको, मुटुको चालमा वृद्धि भइ समस्या देखिएको, रगतमा अक्सिनको मात्रा घटेको र मृगौलामा समस्या देखिएको जनाएको थियो | केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन जटिल बन्दै गएकाले चिकित्सकीय हैसियतले क्षमताभन्दा बाहिर गएका बखत अस्पतालले कुनैपनि जटिलता व्यवस्थापन गर्न नसक्ने अस्पतालको भनाइ छ | केसीको थप उपचारका लागि आवश्यक पर्ने आईसीयू सेवा, एबीजी सेवा, दक्ष जनशक्ति र उपकरण नभएको अस्पतालले जनाएको छ।

कात्तिक १८ देखि डाक्टर केसी डडेल्धुरामा १७ औं अनसनमा बसेका छन् | पहिला निजी घरमा अनसन बसेका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल ल्याइएको थियो | प्रशासनले डाक्टर केसीलाई काठमाडौं पठाउन पहल गरे पनि केसीले मानेका छैनन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!