ट्रयाक्टर दुर्घटनामा परी कुमारी बैँक डडेल्धुराका सहायक म्यानेजरको मृत्यु

Posted on: 08 Aug, 2019

साउन २३, डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ५ स्थित खलंगा खानेपानी ट्ङयाकी नजिकै बुधबार साँझ से २ त १०४५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा कुमारी बैँक डडेल्धुराका सहायक म्यानेजर सुरेश विष्टको मृत्यु भएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका विष्टलाई उपचारका लागि धनगढी ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ । प्रहरीका अनुसार मृतक जिल्लाको भागेश्वर गाँउपालिका वडा नम्बर ४ का स्थानयी बासिन्दा भएको हुन् | ट्याक्टर सडकबाट करिव ५० मिटर तल खसेको र दुर्घटनाको कारण बारे अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!