डडेल्धुरामा बस दुर्घटना:मृतकको शंख्या ७ पुग्यो, २० बढी घाइते

Posted on: 24 Apr, 2019

वैशाख ११, डडेल्धुरा | डडेल्धुरामा बुधबार बिहान बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने २० जना भन्दा बढी घाइते भएका छन् ।  

धनगढीबाट बझाङ जाँदै गरेको ना ६ ख १८३८ नम्बरको बस भीमदत्त राजमार्गअन्तर्गगत गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजेतिर बस दुर्घटना भएको हो ।

६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने थप १ जनाको पनि मृत्यु भएको छ ।  

सडकबाट दुई सय मिटर तल खस्दा सातजनाको मृत्यु भएको छ भने २० बढी घाइते भएका छन् । 

उक्त दुर्घटनाबाट घाइते भएकाहरुलाई डडेलधुरा अस्पताल ल्याइँदैछ । मृतकहरुको अहिलेसम्म सनाखत हुन सकेको छैन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!