संचारकर्मी जीवन: स्वार्थी गितको म्युजिक भिडियो सार्वजनिक

Posted on: 30 Oct, 2017

ललित बोहरा/कात्तिक १३, डडेल्धुरा । संचारकर्मीको जीवनमा आधारित भएर निर्माण भएको ‘स्वार्थी’ बोलको गीत युट्युवमा सार्वजनिक भएको छ । 

अनुपम जैरुको शव्द रहेको ‘स्वार्थी’ बोलको गीत भर्खरै युट्युवमा सार्वजनिक गरिएको हो । गीतमा अनुपम जैरुको संगीत रहेको छ भने विजय जैरु र अनुपम जैरु आफैले स्वर दिएका छन् ।


१७ वर्षे युवा निर्देशक विवेक जैरुको  निर्देशन तथा सम्पादनमा तयार भएको ‘स्वार्र्थी’ को भिडियोमा संचारकर्मी बिरेन्द्र जैरुको अभिनय रहेको छ । उनी सगरमाथा टेलिभिजनका डडेल्धुरा जिल्ला सम्बाददाता र रेडियो युनिटीमा कार्यरत संचारकर्मी हुन् ।

कतिपय संचारकर्मीहरुले भोग्नुपर्ने पिडा र गर्नुपर्ने संर्घषमा आधारित भएर म्युजिक भिडियो तयार पारिएको निर्देशक विवेक जैरुले बताएका छन् । यस अघि १७ वर्षे युवा निर्देशक जैरुले केही म्युजिक भिडियो तथा सर्ट डकुमेन्ट्री फिल्महरु निर्देशन गरिसकेका छन् । यस म्युजिक भिडियाको छयाङन रेडियो युनिटीको स्टुडीया र कार्यालयमा भएकाले अन्य कर्मचारी पनी समाबेश छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!