डडेल्धुरामा आलु चिप्स उद्योग सञ्चालन

Posted on: 09 Jul, 2019

असार २४, डडेल्धुरा  | डडेल्धुरा जिल्ला सदरमुकाममा आलु चिप्स उद्योग सञ्चालन भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपर जोनको पुरक अनुदान सहयोगमा सो उद्योग सञ्चालनमा भएको हो । 

उत्पादन बढ्दै गएसँगै आलु सुपरजोन बनाइएको डडेल्धुरामा आलुको खपतका लागी चिप्स उद्योग सञ्चालन गरिएको परियोजनाले जनाएको छ । परियोजनाको आठ लाख बराबरका उपकरण सहयोगमा उद्योग सञ्चालनमा ल्याएको सञ्चालक टेकराज पाण्डेयले बताउनुभयो । 

आइतबार आलु चिप्स उत्पादन परीक्षण सार्वजनिक गर्दै सञ्चालक पाण्डेयले उद्योग सञ्चालन गरी आलु चिप्स बजारमा ल्याएको जानकारी दिनुभयो । सञ्चालक पाण्डेयले जिएस नामक उद्योगमार्फत यसअघि गोलभेँडा, ‘मिक्स सस’ र नमकिन बजारमा ल्याएको बताउँदै केही उपकरण आलु चिप्समा पनि काम लाग्ने भएकाले चिप्स पनि बजारमा ल्याएको जानकारी दिनुभयो ।

उद्योगका लागी आवश्यक भवन र स्थान पर्याप्त रहेको बताइएको छ । उद्योगमा छ जनाले रोजगारी पाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!