बोक्सोको आरोपमा वडाध्यक्षलाई कालोमोसो र जुताको माला लगाइयो

Posted on: 09 Dec, 2019

मंसिर २३, चितवन | चितवनमा वडाध्यक्षलाई बोक्सोको आरोपमा कालोमोसो दलिएको छ | इच्छाकामना गाउँपालिका-२ का वडाध्यक्ष पञ्चबहादुर प्रजालाई शनिबार स्थानीयले घेराहालेर मोसो दलेका हुन् | उनलाई मल मुत्र खुवाउने प्रयास भएको छ |


स्थानीयले कुटपिट गर्दै  जुताको माला समेत लगाएका छन् | उनलाई स्थानीय उत्तरकुमार गुरुङ र उनको समूहले कालोमोसो दलेर जुताको माला लगाएका हुन् | बोक्सोको आरोप लगाउदै उनीहरुले मलमुत्र पनि खुवाउन खोजेको वडाध्यक्ष पञ्चबहादुर प्रजाले बताए |

घटनामा संलग्न भएको आरोपमा प्रहरीले उत्तरकुमार गुरूङ र बिर्खबहादुर गुरूङलाई पक्राउ गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!