गाडीको ठक्करबाट चितवनमा एकको मृत्यु

Posted on: 14 Oct, 2019

असोज २७, चितवन | चितवनमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ मा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको हो । ठक्कर दिने गाडी फरार रहेको र खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । 

ठक्करबाट घाइते अन्दाजी ३०÷३२ वर्षीय पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको पहिचान खुलेको छैन । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!