भरतपुर आन्दोलनका क्रममा पक्राउ परेकाहरुलाई धमाधम मुद्धा लगाउदै प्रहरी

Posted on: 20 Aug, 2019

भदौ ३, चितवन | पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका पत्रकार रवि लामिछाने, युवराज कंडेल र अस्मिता कार्कीलाई हिरासतमा राख्न थप ५ दिनको म्याद थपे लगत्तै प्रदर्शनकारीले भरतपुरमा प्रर्दशन गरेका छन् । 

भरतपुरको चौविसकोठीमा प्रदर्शनका क्रममा प्रहरी र पर्दर्शनकारी विच झडप भएको छ । चौविसकोठीमा सडक अवरुद्ध गर्न खोज्ने क्रममा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई प्रहरीले मुद्दा लगाएको छ । 

यसअघि प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको थियो । साउन ३२ गते ४ जना, भदौ १ गते पक्राउ परेका ४ जना र २ गते १० जनाको पक्राउ परेका थिए । भदौ १ गते पक्राउ परेका ४ जनालाई प्रहरीले मंगलबार धरौटीमा रिहा गरेको छ । बाँकी १४ जना बिरुद्ध भने प्रहरीले मुद्धा दर्ता गरी म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!