चितवनमा एकको मृत्यु, एक बेपत्ता

Posted on: 15 Jun, 2019

जेठ ३२, चितवन | चितवनमा भएका छुट्टाछुट्टै घटनामा एकको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् । पूर्वी चितवनको रत्ननगर नगरपालिका–७ मालपुरमा खेतमा काम गरिरहेका ३६ वर्षीय इन्दल माझीको डिलबाट लडेर मृत्यु भएको हो । काम गर्दैगर्दा लडेका माझी खेतमै बेहोस भएका थिए । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

यस्तै नारायणी नदीमा पौडी खेल्न गएका एक युवक बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–५ शिवघाटमा गर्मीका कारण पौडी खेल्न गएका अन्दाजी १८÷२० वर्षका युवकलाई दिउँसो नदीले बगाएको इलाका प्रहरी कार्यालय नारायणगढले जानकारी दिएको छ । उनको पहिचान खुलेको छैन । बेपत्ता युवकको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!