कुटनीतिक मर्यादा भुलेका गृहमन्त्री !

Posted on: 29 Nov, 2020


No description available.
मंसिर १४, काठमाडौँ |  टिप्पणी | आइतबार नेपाल भ्रमणमा रहेका चिनियाँ रक्षामन्त्री वेइ फेङहेको स्वागतमा खटिएका गृहमन्त्री रामबहादुर थापाले कुटनीतिक मर्यादा विपरित कार्यगरेको भन्दै आलोचना भइरहेको छ | एकदिने भ्रमणका लागि काठमाडौं आएका चिनियाँ रक्षामन्त्री फेङहेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न गृहमन्त्री थापा पुगेका थिए |

अति विशिष्ट कक्षमा थापाले स्वागत गर्ने क्रममा कुटनीतिक मर्यादाको ख्याल समेत नगरेको पाइएको छ | चिनियाँ रक्षामन्त्री फेङहे शालिन अवस्थामा सोफामा बसेका छन् | तर, नजिकै रहेका गृहमन्त्री थापा सोफामा पसारिएर दुइटै खुट्टा लामो बनाएर खपाएर बसेको तस्बिर सामाजिक संजालमा भाइरल बनेको छ |

थापाले पाहुनालाई कसरी स्वागत गर्नुपर्छ भन्ने सामान्य आचरण पनि नदेखाएको भन्दै आलोचना भइरहेको छ | मुलुकको स्वाभिमान र प्रतिष्ठाको बिषय समेत जोडिने भएकाले विशिष्ट पाहुनाको स्वागतमा सामान्य कुटनीतिक मर्यादाको समेत ख्याल नगर्दा देशकै बेज्जत हुने निश्चित छ |

सार्वजनिक पदधारण गरेको व्यक्तिसंग राज्यको प्रतिष्ठा र स्वाभिमान जोडिएकोले राज्यले निर्धारण गरेको कुटनीतिक मर्यादा र आचारसंहिताको पालना गर्नु पर्छ नै | भौगोलिक क्षेत्रफल तथा जनसंख्याको आधारमा जतिसुकै ठुलो मुलुक भएपनि देशको सार्वभौमसत्ता भने समान नै हुन्छ | 

प्रत्येक स्वतन्त्र र स्वाभिमान राष्ट्रले आफ्नो सार्वभौमसत्ता,मुलुकको इज्जत जोगाइराख्न र राष्ट्रियतालाई उच्च बनाउन अर्थात पाहुनाको स्वागतमा कुनै कसर बाँकी नराख्न सक्दो प्रयास गर्छन् | तर हाम्रो देशमा भने,सार्वजनिक व्यक्तित्वबाट नै कुटनीतिक मर्यादाको उल्लंघन गरेको पाइन्छ | 

जसकारण मुलुकले कुटनीतिक मामिलामा ठुलो मूल्य चुकाउनु पर्ने अवस्था आउँछ | त्यसकारण देशको स्वाभिमान र प्रतिष्ठा नै जोडिएको बिषयमा सामान्य खेलवाड गर्ने अधिकार नेतृत्वमा छैन | यस बिषयमा सम्बन्धित व्यक्तित्वहरुले गंम्भिर ध्यान दिनु जरुरी छ | राष्ट्रको स्वाभिमान र सम्मानलाई भूल्नु हुँदैन | यद्दपी यस्ता गल्तिहरु नेपालका राजनीतिज्ञ तथा उच्च पदस्तबाट बेलाबेलामा हुने गरेका छन् | सुनिल कुँवर 

यस बिषयमा तपाइको प्रतिक्रिया...!