संघीयतामा प्रतिभा व्यवस्थापन

Posted on: 21 Jun, 2020

दामोदर रेग्मी । असार ७, काठमाडौं । मानव श्रोतको प्रभावकारिता वाट अन्य अन्य साधनश्रोतहरु पूजी, औजार, वस्तु, सूचना को परिचालनमा प्रभावकारिता ल्याउन सकिने भएकोले मानव श्रोत व्यवस्थापन महत्वपूर्ण र आवश्यकीय व्यवस्थापकीय संयन्त्रको रुपमा चिनिने गरेको हो ।

मानव संसाधन व्यवस्थापन सार्वजनिक प्रशासनको अति महत्वपूर्ण व्यवस्थापकीय आयाम हो । उद्देश्य सहितको कुनै निश्चित कार्य निश्चित विधिपुर्वक सम्पादन गरी अपेक्षित उपलब्धी हासिल गर्न विविध साधन र श्रोतको आवश्यकता पर्दछ । यसमध्ये मानवश्रोत एउटा महत्वपूर्ण श्रोत हो । मानवश्रोत लाई मानवशक्ति र श्रमशक्ति र जनशक्ति पनि भन्ने गरिन्छ ।  मानवशक्ति र श्रमशक्तिले अन्य साधनश्रोतहरु पूजी, प्रविधी, प्रक्रिया, वस्तु र सूचनाको उपयोग र प्रभावकारितामा अभिवृध्दि ल्याउन सक्ने संवेदनालेयुक्त महत्वपूर्ण श्रोत हो ।मानव संसाधनको विवेकपूर्ण व्यवस्थापननै प्रतिभा व्यवस्थापन हो । देश संघीय संरचनामा प्रवेश गरेको अवस्थामा यसको महत्व अझै बढेको छ ।


मानव संसाधन राष्ट्को सर्वांगीण विकासको दृष्टिले साधन र साध्य दुवै हो । मानव श्रोतको प्रभावकारिता वाट अन्य  अन्य साधनश्रोतहरु पूजी, औजार, वस्तु, सूचना को परिचालनमा प्रभावकारिता ल्याउन सकिने भएकोले मानव श्रोत व्यवस्थापन महत्वपूर्ण र आवश्यकीय व्यवस्थापकीय संयन्त्रको रुपमा चिनिने गरेको हो । मानव श्रोत व्यवस्थापनका अंगहरुमा योजना,प्राप्ति, उपयोग, विकास  ,संभार, एकाकार, अवकाश र अवकाश योजना जस्ता विषयहरु समावेश भएका हुन्छन् । मानव संसाधन व्यवस्थापनको क्षेत्र निकै फराकिलो छ । संगठन भित्र मानव स्रोतको प्राप्ति, तालिम तथा विकास, संगठन र यस अन्तरगत सम्पादन गर्नु पर्ने कार्यको प्रारुप तयार गर्ने कुराहरु यसको कार्यक्षेत्र अन्तर्गत पर्दछन् । यसका साथै मानव स्रोत योजना, यसको विकास र उपयोग, श्रमिक सम्बन्ध र उत्प्रेरणाका विषयहरुलाई पनि यसले समेट्ने गर्छ । यी सवै पक्षको उचित परिचालन वाट हुने अन्य पक्षहरुको प्रभावकारिता वढ्ने हुनाले नै मानव साधन महत्वपूर्ण र आवश्यकीय संयन्त्रको रुपमा रहने गर्दछ ।

मानवशक्तिले अन्य साधनश्रोतहरु पूजी, प्रविधी, प्रक्रिया, वस्तु र सूचनाको उपयोग र प्रभावकारितामा अभिवृध्दि ल्याउन सक्दछ ।मानव संसाधनको विवेकपूर्ण व्यवस्थापननै प्रतिभा व्यवस्थापन हो । 

मानव संसाधनको विवेकपूर्ण व्यवस्थापननै प्रतिभा व्यवस्थापन हो । प्रतिभा व्यवस्थापनको अवधारणाले मानव शक्तिलाई दायित्व भन्दा पनि पूजीको रुपमा लिने गर्दछ र कसरी कर्मचारी विशेषको दक्षतालाई सांगठनिक लक्ष्य प्राप्तिमा उपयोग गर्न सकिन्छ भन्ने उद्देश्य वाट अभिप्रेरित गर्ने गर्दछ । साधारण अर्थमा प्रतिभा व्यवस्थापन संगठनमा उपलब्ध जनशक्तिको विवेकपूर्ण उपयोग हो ।प्रतिभा व्यवस्थापनको यो बुझाईले संगठनमा प्राप्त भैसकेका जनशक्तिको उपयोग नै प्रतिभा व्यवस्थापन हो भन्ने मात्र अर्थ लाग्न सक्दछ तर प्रतिभा व्यवस्थापन मानवश्रोत व्यवस्थापनको समग्र पक्ष र चक्र संग सम्बन्ध राख्ने विषय हो ।मानव संसाधन व्यवस्थापन नियुक्ति पूर्व र अवकाश पश्चातका विषय संग सम्बन्धित छ भने प्रतिभा व्यवस्थापन यसको अतिरिक्त उत्कृष्ट जनशक्तिको प्राप्ति, विकास, प्रयोग र संगठनमा टिकाइराख्ने विषय समेत संग सम्बन्धित छ । 

संगठनमा उपलब्ध सवै जनशक्ति संगठनका पूंजी तथा अमूल्य निधी हुन । सिर्जनशील, उर्जाशील, उत्पादनशील  जनशक्तिहरु संघीय सुशासनका संवाहक हुन्  । 

संगठनमा उपलब्ध जनशक्तिलाई कार्यशैली, प्रविधि, विकसित नवीनतम प्रवृत्ति संग परिचित गराई कार्य सहजताका साथ सम्पादन गर्न सक्ने कौशलमा वृध्दि ल्याउनमा  विकास (तालिम ) को अहम भूमिका रहेको हुन्छ । मानवश्रोत विकास मानव श्रोत व्यवस्थापनका अवयवहरु मध्ये महत्वपूर्ण र प्रभावकारी अवयवको रुपमा चिनिने गर्दछ । संगठनमा एक पटक लिईएको जनशक्ति लाई समय, प्रविधि, अवधारणा, कार्यक्षेत्रमा आएको परिवर्तन को परिवेशमा सामयिक रुपमा परिमार्जित र विकास  गरिनु पर्ने मान्यता नीति जनशक्ति व्यवस्थापनको सन्दर्भमा महत्वपूर्ण विषय  हो । मानव श्रोत ब्यबस्थापनमा विकास को महत्वपूर्ण स्थान रहेको छ । मानव श्रोत विकासलाई जनशक्ति विकासवा तालिम  भनेर पनि चिन्ने गरिन्छ । जनशक्ति विकास वा तालिम एउटा निरन्तर चलिरहने प्रक्रिया हो । यसले समय र प्रविधिमा आएको परिवर्तन संगै ज्ञान, सीप , र मनोवृत्ति  मा  सकारात्मक परिवर्तन ल्याई जनशक्ति लाई संगठनको कार्य सम्पादनमा सदा चुस्त दुरुस्त रहन  सहयोग पुर्याउंछ ।  तालिमको आधुनिक मान्यता अनुसार तालिमले जनशक्ति लाई वर्तमान आवश्यकता अनुसार  र भावी आवश्यकता अनुसार चल्न सक्ने बनाउन सक्नु पर्दछ भन्ने अवधारणाको विकास भएको छ ।

साधारण अर्थमा प्रतिभा व्यवस्थापन संगठनमा उपलब्ध जनशक्तिको विवेकपूर्ण उपयोग हो ।प्रतिभा व्यवस्थापनको यो बुझाईले संगठनमा प्राप्त भैसकेका जनशक्तिको उपयोग नै प्रतिभा व्यवस्थापन हो भन्ने मात्र अर्थ लाग्न सक्दछ तर प्रतिभा व्यवस्थापन मानवश्रोत व्यवस्थापनको समग्र पक्ष र चक्र संग सम्बन्ध राख्ने विषय हो ।

संगठनमा उर्जाशील, उत्पादनशील र सिर्जनशील जनशक्ति को विकासमा तालिमको महत्वपूर्ण भूमिका रहन्छ । जनशक्ति विकासले संगठनको दैनिक कार्यलाई व्यवस्थित गर्न,   अपेक्षित परिणाम निकाल्न र संगठनको साख अभिवृध्दि गर्न प्रखर भूमिका निर्वाह गर्न सक्दछ जसले अमूल्य निधिको रुपमा रहेको जनशक्तिको क्षमतालेयुक्त पूजीको प्रयोग सामथ्र्यमा  प्रभावकारिता ल्याइदिन्छ  । तालिम यस्तो व्यवस्थापकीय औजार हो जसले मानवश्रोत व्यवस्थापनका अन्य आयामहरुको प्रभाकारितामा समेत सकारात्मक प्रभाव पार्ने सामथ्र्य राखेको हुन्छ । संगठनमा उपलब्ध सवै जनशक्ति संगठनका पंूजी तथा अमूल्य निधी हुन । सिर्जनशील, उर्जाशील, उत्पादनशील  जनशक्तिहरु संघीय सुशासनका संवाहक हुन्  । 

संघीय सुशासनको प्रबध्र्दनका लागि तीनै तहका संघीय संरचना अनुरुप तालिम प्रदायक संस्थाहरु, संघ प्रदेश र स्थानीय तहको कार्यप्रणाली, तीन तहको अन्तरसम्बन्धका पक्षहरु, विवादका क्षेत्र र सो को समाधान संयन्त्र अनुरुपको पाठ्यक्रम तथा पाठ्य सामग्रीहरु हुनु आवश्यक छ । यसका लागि अतिरिक्त बजेट तथा योजना निर्माण, आन्तरिक नियन्त्रण, वित्तीय अनुशासन, टिप्पणी लेखन, कार्यालय व्यवस्थापन, लेखापालन, सार्वजनिक खरीद , प्रतिबध्दता र तटस्थता, संघीय शासन प्रणाली यसका अवसर र चुनौतीहरु जस्ता विषयमा प्रादेशिक र स्थानीय तहमा तालिमको आवश्यकता देखिन्छ । 

(प्रशासन र संघीयताका विषयका विश्लेषक तथा कुशल प्रशिक्षक  दामोदर रेग्मी साझासबाल डट कमका नियमित लेखक हुन् ।)



यस बिषयमा तपाइको प्रतिक्रिया...!