'बिपदमा युट्युबे आतङ्क' - क्यामेरा घाटीमा झुण्ड्याउदैमा सन्चारकर्मी भइन्छ ?

Posted on: 24 Mar, 2020

निर्मल घिमिरे:

सूचना प्रबिधीको बिकाशले संसार ‘एकै छानो मुनीको घर’ जस्तै भएको बर्तमान दुनिया अनि बढ्दो ग्लोबलाईजेशनको प्रभावले आज हामी हिजोका दिनमा जस्तो परेवाको खुट्टामा चिट्ठी-पत्र बाधिदिएर “लैजा चरी हावा सरी” भनेर आसे-भरोसे अवस्थामा पक्कै बस्नु परेको छैन । श्रीमती गर्भवती भएको खबर सहितको चिट्ठी ससुराली पठाएको ज्वाइले छोरी जन्मेर कक्षा ३ मा पढ्दा मावली घर जाँदा त्यो पत्र त्यही दिन पुगेको जस्तो हुलाकको बिलम्ब सेवा पनि अबको पुस्तालाई केवल एकादेशको कथा जस्तै लागिसकेको छ । हिजो जसरी सूचना गुमराहमा बस्नुपर्ने अवस्थामा छैनौ हामी आजका दिनमा । २००७ सालमा मुलुकमा प्रजातन्त्र आएको कुरा हुम्लाका जनताले २००८ सालको अन्त्य तिर सुनेका थिए रे । प्रबेशिका परिक्षाको नतिजा हेर्न हिजो केवल एकमात्र सरकारी समाचार पत्र थियो, नतिजा आएको एक साता भन्दा पछी सदरमुकाम  पुगेर गएर पत्रीका ल्याएपछी मात्र जानकारी पाइन्थ्यो । धेरै पनि भएकै छैन, केहि बर्षकै अन्तरालमा संचार जगतले हाम्रो देशमा यति छिटो पाइला चालिरहेको छ कि, यसले अन्य धेरै पुर्वाधारका सुचकाङ्कलाई समेत पछी पार्दै आफुलाई अब्बल साबित गरेको छ । हाम्रो जस्तो बिकासोन्मुख मुलुकमा त यसले यति चाडो आफ्नो प्रभाव बिस्तार गरेको छ भने झन बिकशित मुलुकहरुमा सूचना प्रबिधीको बिकाश कसरी भइरहेको होला हामी सहजै अनुमान लगाउन सक्छौं । आज यहाँ प्रस्तुत गर्न लागिएको विषय भनेको युट्युब मिडिया अनि यसले समाजमा फैलाईरहेको बिकृतीसँग सम्बन्धित छ । 

केहि दिन अगाडीदेखि मैले यस विषयमा लेख लेख्न धेरै रिसर्च गरें अनि के यो ट्रेन्ड नेपालमा मात्र हो त ? भनेर बुझ्दै जाँदा यसले सारा बिश्व भरी नै ‘बेतुक’ को खबरलाई चाडो फैलाउने (भाइरल्) हुने प्रबृत्ती रहेको पाइयो । जुन कुराको नियमन गर्न धेरै मुलुकहरुले प्रबावकारी सम्यन्त्र नै बनाएर परिचालन गरिसकेको र यस्ता किसिमका अफवाह फैलाउने काम गर्ने सबै सामाजिक सन्जालहरुलाई कारवाही गर्ने गरेको पाइयो । वास्ताबिक सूचनालाई अनावश्यक रङ लगाइ अनेकौं फुलबुट्टा भरेर कुन सब्द, शिर्षकले तुरन्तै कौतुहलता देखाउछन, त्यो शिर्षक लेखी भित्र बेतुकको समाचार सामाग्री राख्ने मुलुकमा सायद हाम्रो नाम अग्रपङ्तीमै सायद आउछ होला । के यि अफवाहकै निमित्त मात्र यस्ता सामाजिक सन्जालको प्रार्दुभाव भएको हो त ? यि र यस्ता बिसयमा कलम चलाउनु अघि यसको इतिहास अध्ययन गर्नु आवश्यक भएको हुँदा मैले बुझेंसम्म देहाय अनुसारका लागी यस्ता केहि तीन महत्वपुर्ण  सन्जालको बिकाश भएको पाइयो:

इन्टरनेट:-

टिम बर्नर्सलीले सन १९६० को दशकमा अमेरिकाको रक्षा बिभागको अनुसन्धान गर्नका लागी बिकाश भएको इन्टेरनेट अहिले यसको प्रयोगकर्ता तीन अर्वमाथी रहेको छ । सुरुवातताका ‘अर्पनेट’ नामाकरण गरिएको यसको नाम पछी मात्र ‘इन्टेरनेट’ भएको हो । यसलाई पछी अक्सफोर्ड विश्वबिद्यालयले बिस्तार गरेको थियो । सूचना आदन-प्रदान गर्न छिटो छरितो बनाउन यसको सुरुवात भएको मानिन्छ । 

फेसबुक :-

युवा विद्यार्थी जुकर्वर्कले सन २००५ मा आफ्ना हाराएका प्रियजन भेट्न सकिन्छ कि भन्ने हेतुले स्थापना गरेका एक गुगल इन्जिनले अत्यन्तै छोटो समयमै यति लोकप्रियता हासिल गर्‍यो कि आज विश्वको १ दसमलब ७ बिलियन  जनसङ्ख्याले यो सेवाको प्रयोग गरिरहेको पाइएको छ । सन २००७ मा यसको ब्यापक सम्भावना देखेर बिश्वको ठुला औद्योगिक घराना माइक्रोसफ्टले यो सन्जाल आफैले खरिद गरी यसका संस्थापकलाईनै प्रमुख बनाएर सेवा प्रवाह गर्न लागेपछी भने ति युवा विद्यार्थीले कहिलै पछाडी फर्केर हेर्नु परेन यानेकी यसले यति चाडै छलाङ मारेर एक कोशेढुङ्गा नै साबित गरी दियो । समाजिक संजाल मध्य सबैभन्दा लोकप्रिय यो संजाल बनाउने बिद्यार्थी हिजो कलेज फी तिर्न पार्ट टाइम काम गर्ने गरेकोमा अहिले फोर्ब्स म्यागजिनका अनुसार उनि बिश्वको पाँचौं धनि व्यक्तिभित्र परेका छन ।  

युट्युब:-

सन २००५ मै हुर्लेर्ल्री चेड हर्ली, स्टीब चेन अनि जावेद कारीम नामक एप्पल कम्पनीका दिग्गज आइटी इन्जिनियरहरुको संयुक्त पहल कदमीमा यसको सुरुवात अथवा आबिस्कार भएको मानिन्छ । फेब्रुअरी १४ यानेकी प्रणय दिवशका दिन डेटिङ साइट्का लागी बनाएको यस साइटले पनि स्थापनाको छोटो समयमै यसले पनि आफ्नो बिकासमा फेसबूकले झै छलाङ नै मारेको छ । स्थापनाकै १८ महिना पश्च्यात गूगल जस्तो प्रसिद्द इन्जिनले यो खरिद गरेपश्चात यसले दिन दुइगुणा रात चौगुणा ब्यपकता पाएको हो । एक सर्भे अनुसार हाल युट्युवमा दैनिक सरदर एक करोड भिडियो अपलोड हुने गर्दछ भने हाल यसको प्रयोगकर्ता डेढ अरब भन्दा माथी रहेको छ । 

तर तत्समय तत्कार्यका लागी स्थापना भएका यस्ता संजालहरु मध्य हाम्रो मुलुकमा आइपुग्दा युट्युब मिडियाहरुले पस्कने अतिरन्जना सहितको बेतुके खबरले जग हसाइ भइरहेको छ । के भन्दा चाही धेरै भन्दा धेरैले त्यो हेर्छन अनि आफ्नो भ्युज र सब्स्क्राइब बढ्छ, त्यस्तै त्यस्तै ‘पाङ न पुच्छर’ का शिर्शक राखेर अतिरन्जना सहित खबर सम्प्रेषण गरिरहदा बिपदको बेलामा जनताहरु थप अन्यौलमा हुने र झन डर चिन्ता थपिने गर्दछ । यस्ता भ्रामक खबरले जनमानसमा पार्ने प्रभाव आकलन नै नगरी इलजिकल कुरालाई बढाइ चढाइ गर्ने प्रबृतीले त्यसै त चिन्ता र डरको अवस्थामा बसेका सर्बसाधारण हरुमा थप चिन्ता बढाउने काम यिनै कुपात्रहरुले गरिरहेका छन । 

यसो बाहिरतिरका बिदेशी मिडियाहरु हेर्यो, जहाँ कति चाखलाग्दा समाचारहरु आइरहेका हुन्छन्, बिश्वका मिडियाहरुले “आज नासाका बैज्ञानिकहरुले यो पत्ता लगाए, बिश्व बजारमा आज यती अङ्कले कारोबार भयो, इरान र उत्तर कोरिया ले संयुक्त रुपमा सैन्य अभ्यास गर्ने घोषणा, एप्पल कम्पनीले माइक्रोसफ्टसँग मिलेर यति रकम समाजसेवाका लागी बिनियोजन लागायतका खबर पस्किरहेको बेला तर हाम्रा-हाम्रा बिचरा मिडियाहरु चाही “यसबाट नाम आउनेले मिठो खाना पकाउछ्न रे, सुपा देउराली मन्दिर्: जहाँ लाईक गर्दिना साथ नसोचेको कुरा पुरा हुने गर्छ्, भुमी सुधार मन्त्रीले स्याङ्जा पुगेर गरिन् कर्मचारीहरुलाई निर्देशन: काम राम्रोसँग गर्नु, तेह्रथुमको सामुहिक हत्या प्रकरणमा मुलधारका मिडिया भन्दा अगाडी ति कुपात्रहरु पुगेछन् र त्यहाँको बातावरण लाईभ दिदै एक सत्यले सो दुर्घटनामा बाच्न सफल सानी बच्चीलाई सोधेको प्रश्न देख्दा जो कोहीले पनि भाटो निकालेर बजाउन मन लाग्ने थियो । “सबै भन्दा पहिला कसलाई काट्यो , अनि रगत कती जती आयो, तिम्रो मनमा त्यो देख्दा कस्तो फील भयो ? तिमी अहिले त्यो मान्छेलाई भेट्यौ भने के गर्छौ” जस्ता एकदमै सम्बेदनाहिन प्रश्न सोधेको हुँदा त्यस्तालाई खबर सम्प्रेशण गर्ने अधिकार कसले दियो ? २०७२ सालको भुकम्प जाँदा, सबै जनता डर चिन्तामा बसिरहेका बेला यिनीहरु चाही अझै ९ रेक्टरको भुकम्प जान्छ भनेर नासाले भन्यो रे, एकछिन पछी आउछ रे, यती बजे आउछ रे, उति बजे आउछ रे, अनेक अनेक डर देखाइदिएर आफ्नो भ्युज बढाउन खोज्ने तोरीलाहुरे प्रबृती बाहेक अरु केहि बाकी देखिन्न । 

विषय केहि पाउदैनन् अनि कहिले जोगी, कहिले भोगी, कहिले ढोङ्गी, कहिले रोगीलाई मिडियामा स्थान दिएर आफ्नो गुजारा चलाउने परिपाटी छ । खबरको शिर्षक देख्दा पनि झर्को लागेर आउने हुन्छन् । उदाहरणका लागी जस्तै शिल्पा रुँदारुँदा साउन-भदौको बर्षाको पानी भन्दा धेरै आँशु झर्यो, दया हाङ राइलाई सन्तान प्राप्ती, के जन्मियो हेर्नुहोस्, बरिश्ठ बिश्लेषक पुण्य गौतमले  गरे एक खुलासा: यो सरकार जनताको हितमा छ, अन्तरवार्ता मै सुरेन्द्र केसी यसरि भक्कानिए, धुर्मुस सुन्तलीकै सामुन्ने सुबोध गौतमले पिसाब उम्कने गरी यसरी हसाए, बरिष्ट नारी अधिकारबादी नेत्री साबित्री सुबेदीले भनिन्: आफ्नो रजस्वलाको रगतले मन्दिरको भित्ता पोत्न मन छ, सासु बुहारीको झगडामा: हेर्नुहोस बुहारीको एक मुठी कपाल भुत्याएर सासुले भनिन्: अझै रिस मरेको छैन्, हनिमून पछी नायिका रिचा शर्मा पहिलो पटक मिडियामा: भनिन 'मज्जा आयो', अध्यक्ष प्रचण्डले बिहान-बिहान एक्सरसाइज गर्न साइकल चलाउछन्, आम्मामा गगन थापाको अहिलेसम्मको डरलाग्दो खुलासा : कम्म्युनिस्ट सरकारले जनहितमा काम गर्न सकेनन्” फलानो नेताले सर्बजानिक मिडियामा भने देशको बिकाश गर्नु पर्छ' आदी इत्यादी । कुनै विषय-वस्तु नपाएपछी एक राम्रै भ्युज भएको यु-ट्युब मिडियावालाको ५ आना जग्गा रहेछ दहचोकमा । अनि त्यो बिक्री भएको रहेनछ, त्यो बेच्नलाई उनले त्यो जग्गासम्म जाने लाईभ प्रशारण गर्दै अहिले लगानी गरेर छोड्यो भने यो जग्गाले ४- ५ साल पछी यत्ती धेरै फाइदा दिन्छ भन्दै अनेक-अनेक बर्बराउदै थिए । 


केहि दिन अघिमात्रै “टेकु, नर्भिक अनि बिरगन्जमा कोरोनाले नेपालीको मृत्यु” खबर बिना स्रोत्, बिना सत्य, बिना प्रमाणका भरमा प्रसारण भयो । अनि स्याल हुइयाले बुझ्दै-नबुझी युट्युब्बे कै पछी लागेर हाम्रा केहि मुलधारका मिडिया कर्मीले पनि ब्रेकिङ न्युजनै बनाए तर जुन असत्य साबित भयो र उनिहरुले एक प्रेस बक्तब्य नै जारी गर्नु पर्‍यो । यस्ता भ्रामक र दु:ख दिने खालका खबर प्रकाशन गर्नेलाई भरपर्दो कानुनी कारबाही गर्न सकिएन भने यि तोरीलाहुरेहरुको मनोबल झन बढेर जान्छ र कालन्तरमा यिनिहरुले आफु हिट कसरी हुन सकिन्छ्, केवल त्यो मात्र गरेर जनमानसमा झन अन्यौलता छर्छन । 

के माथीका कुनै खबर शिर्षकमा कुनै दम, वजन अनि तुक छ होला र ? कसले भने बरिस्ट त्यस्ता स्वाठहरुलाई ? अनि नेताले देश बिकास गर्नुपर्छ भन्दा त्यो पनि थोडी न्युज शिर्षक बन्छ होला र ? यसो सम्झदा लाग्छ, धिक्कार हाम्रा मिडिया अनि झन् धिक्कार त्यस्ता पित पत्रकारिताका मसिहाहरुलाई । जसलाई अरु कसैको कुनै पर्वाह छैन । यो सबै देख्दा र सुन्दा यसका आविस्कारकहरु पनि हाम्रा देशमा आए भने “धिक्कार मैले के यत्तीका लागी नै हो त यत्रो दुख गरेर यसको आबिस्कार गरेको” भनेर ओठ लोपार्दा हुन । 

यहाँ मैले बुझ्न नसकिरहेको कुरा चाहि, यि युट्युबहरुलाई समाचार प्रकाशन प्रसारण गर्न अनुमती कसले दियो ? यदी बिना अनुमती उनिहरुले जथाभावी बेलगाम बर्बराउदै हिड्छन भने त्यो गैर्ह्कानुनी काम भइरहदा राज्यले किन कठालो समाएर तह लगाउन नसकेको होला ? केहि पहिला मात्र नेपाल सरकारले जारी गर्न लागेको मिडिया बिध्ययकले यि र यस्ता मिडिया पोर्टलहरुलाई नियमन गर्ने कुरा उल्लेख भएको थियो, जुन संसदबाट पारित हुनु अगाडी मुलधारका मिडिया अनि राम्रा पत्रकारहरु समेतले बिरोध जनाएको कारण स्थगन भएको छ । जहाँ सबै कुरा राम्रा नभएको भए पनि यस्ता युटुब्बेहरुलाई तह लगाउने खालका केहि धारा अत्यन्तै सर्हानिय थियो तर अपसोच त्यो पास हुन पाएन । 

यस आलेखको मूल मर्म ति राम्रा, खोजमूलक अनि यथार्थपरक खबर अनि मनोरन्जनात्मक सामाग्रीहरु प्रसारण गर्ने यु-ट्युबकारहरुलाई निरुत्साहन गर्न खोजेको चाही पक्कै होइन । यो केवल ति खुरापाती आत्माहरुलाई शाब्दिक झापड हान्न खोजिएको हो, जसमा जनमानसको कर्तब्यबोध एकरत्ति पनि छैन । अन्त्यमा मेरो सरकारसँग एक मात्र अनुरोध यो छ कि, युट्युबको काम केवल सिमा भित्र बसेर मनोरन्जनात्मक समाग्रीहरु पस्कने हो । यिनीहरुले पत्रकारिता गर्ने होईन, अनि सामाजिक सन्जालले पनि आफ्नो परिधी नाग्नु भएन ।  यस्ता भ्रामक खबर सम्प्रेशण गर्ने च्यानलहरुको प्रकाशन तुरन्तै बन्द गरिदिनु पर्दछ र त्यस्ता खबर दिने एड्मिनहरुलाई कारबाहीको दायरामा ल्याउन कानुन द्रुत मार्गबाट बनाएर भए पनि यस्ता गलत कामलाई निरुत्साहित गरिहल्नु पर्छ, अन्यथा यस्ता युट्युब्बेहरुले समाजमा झन आतङ्क सिर्जना गर्दछन् भने बिपतका समयमा झन पिडा माथी पिडा थपिदिने काम गरिरहेका छन ।  

जसलाई पत्रकारिताको 'प' समेत थाहा छैन, अनि आम-संचारको नीति समेत थाहा नहुने स्वाठहरुले एउटा डि.एस.एल.आर क्यामेरा घाटीमा झुण्ड्याउना साथ सन्चारकर्मी अरे !

नत कुनै दर्ता, न कुनै कार्यालय, न कुनै आबद्दता, न त कुनै ईजाजत, न त कुनै सेन्सरसिपको पालना, न कुनै सामाजिक दायित्व । भ्युजकै आधारमा बिज्ञापन सङ्कलन गरी पैसा असुल्ने हसुरी प्रबृती । दु:खी भोका नाङ्गाहरुको सम्बेदनसिल भिडियो समेत बनाइ उनिहरुको दयनिय अवस्थालाई झन कारुणिक बनाएर शुभ-चिन्तकहरु बिशेष गरी परदेशिएकाहरुबाट रकम असुली  गरी लाख उठाइएको छ भने केहि केजी चामल र केहि जोर कपडा किनिदिएर त्यस्ता राहतलाई अनेक अनेक फुल बुट्टा भरेर भिडियो बनाएर त्यसलाई बाघ नै मारेर आएको जस्तो अनेक गर्जनका साथ एनिमल प्लानेटमा बन्यजन्तु खोज्न जादा “ओह माइ गड” भनेर बोले जसरी “उफ उफ” गर्दै के के न गरेको जसरी भिडियो एङ्गल एङगलबाट खिची सोलाई उहि आम्मामा वाला शिर्षक दिइ सो बाट भ्युज अनि सब्स्क्राइब बटुल्ने “युटुब्बे कुपात्रहरु” ले गर्दा आज धेरै राम्रा-राम्रा काम गर्न चाहने पत्रकारहरु र असल नियतका युट्युब सन्चालकहरुले समेत बदनामी हुनु परेको छ । 

फेसबूक्, युट्युब्, भाइबर लगायतका सन्जालहरुले प्राय सबै मुलुकहरुमा आफ्ना-आफ्ना प्रतीनिधीहरु नियुक्त गरेका हुन्छन्, जसले सोमा हुने अमर्यादित पोस्टहरुलाई सेन्सर गर्ने काम त पक्कै गर्दछ तर कुतर्कहरु अनि सम्बेदनाहिन कुराहरुलाई यसले अटो सेन्सर गर्न सक्दैनन्, तसर्थ यस्ता काम नलाग्ने खालका जथाभावी पोस्ट्याइ गर्नेहरुलाई नियमन गर्न योसँग सम्बन्धी कानुन बनाएर ब्यबस्थित गर्न ढिलो भइ नै सकेको छ । सबै तालुकदार निकायलाई बेलैमा चेतना भया । 

✍️ निर्मल घिमिरे

- हाल जापान 

यस बिषयमा तपाइको प्रतिक्रिया...!