कलिलै उमेरमा कार र ड्रोन बनाउदै यी किशोरहरु, अब सोफियाजस्तै रोवर्ट बनाउने (भिडियो)

Posted on: 04 May, 2019

वैशाख २१, काठमाडौँ | यी किशोरहरु उमेरले भर्खरै १६/१७ बर्षका भए । सानैदेखि प्रविधीमा रुची राख्ने यी किशोरहरु अहिले एसईई सकिएको फुर्सदको समयमा रोवर्ट बनाउने काममा व्यस्त छन् । 

उनीहरुले सानै देखि बिभिन्न प्रयोगहरु गरेका छन् । जसको लगावका कारण अहिलेसम्म उनिहरुले सफल रुपमा बिभिन्न प्रयोगहरु सफलतापुर्वक गरेका छन् जसमा रोवर्ट, आवाज सुनेर निर्देशन मान्ने कार, अवरोध थाहा पाउने कार र २ केजीसम्म बोक्ने ड्रोन निर्माण गरेर आफूलाई गर्न सक्छु भन्ने प्रमाणित गरेका छन् । 


उनीहरुले अब 'एआई' आर्टिफिसियल इन्टेलिजेन्सको माध्यमबाट अब सोफियाजस्तै बोल्ने, मानिससँग कुरा गर्ने रोवर्ट बनाउने काम गर्न सुरु गरेको बताएका छन् । 


हामीले यिनै युवाहरुसँग केहि समय लिएर अन्तर्वार्ता लिएका छौं । उनीहरुको कुरा उनीहरुले आवाज र प्रयोगमा हेरौं: 


यस बिषयमा तपाइको प्रतिक्रिया...!