आज किन लोडसेडिङ छैन ? कुलमान घिसिंगसँगको कुराकानी (भिडियो)

Posted on: 18 Nov, 2016

रामेछापको दुर्गममा रहेको सरकारी स्कुलमा पढेका कुलमान घिसिंग पछिल्लो पटक लोडसेडीङ अन्त्य गराउने अभियानमा छन् । त्यसैले उनि नेपाली जनताको मनमुटुमा बास बस्न सफल भएका छन् । गाउँमा टुकी बालेर पढ्ने घिसिंगले काठमाडौँ आएपछि मात्र बिजुली देखेका थिए । उनले त्यतिखेरनै प्रण गरेका थिए कि मेरो बेथान गाउँमा पनि यसरीनै बिजुली बाल्छु । जुन सपना पुरा गर्दै घिसिंगले अब देशैभर बिजुली बाल्ने अभियानमा छन् ।

नेपालमा भ्रष्टहरुको चंगुलमा पछिल्लो २ बर्षसम्म कुनै जिम्मा नपाएर नेपाल विद्युत प्राधिकरणमा हाजिर गर्ने र घर जाने मात्रै गरे । तर, जब प्रचण्ड प्रधानमन्त्री बनेसँगै नयाँ सरकारले उनलाई कार्यकारी निर्देशकको रुपमा जिम्मेवारीमा तान्यो तब उनको अभियान फेरी सुरु भयो, उनले आफूले के गर्न सक्छु भनेर देखाइदिए । कुलमानले थालेको लोडसेडिङ मुक्त अभियानले चौतर्फी प्रशंसा पाइरहेको छ । हेरौं कान्तिपुर टेलीभिजनमा कुलमानसँगको अन्तर्वार्ता:  


यस बिषयमा तपाइको प्रतिक्रिया...!