भक्तपुरमा एकैचोटि चार वटा बस ठोक्किदा १६ जना घाइते

Posted on: 11 Aug, 2019

साउन २६, काठमाडौँ  | भक्तपुरको मध्यपुरठिमी गठ्ठाघरको आकाशेपुलमुनि एउटा यात्रुवाहक बसले अन्य तीन वटा बसलाई ठक्कर दिँदा १६ जना व्यक्ति घाइते भएका छन्। काठमाडौंबाट सिन्धुली जाँदै गरेको बा ४ख ५७९४ नम्बरको बसले अनियन्त्रित भएर सेही दिशातर्फका अन्य तीन वटा बसलाई ठक्कर दिएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार उक्त बसले आइतबार बिहान बा ३ख ७०९३, बा ५ ख ४०२९ र ना ६ ख ७१२५ नम्बरको बसलाई ठक्कर दिएको हो । ठक्कर दिँदा तीन वटै बसका यात्रुहरू सामान्य घाइते भएका छन् । घाइतेमध्ये १३ जनाको नागरिक अस्पताल र तीन जनालाई मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ठक्कर दिने बसका चालक सिन्धुली गोलानचोर गाउँपालिका-६ का दीपकराज ठकुरीलाई ठिमी वृत्तले नियन्त्रणमा लिएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!