प्रशासकीय अधिकृत २५ हजार रुपैयाँ घुससहित रंगेहात पक्राऊ

Posted on: 14 Feb, 2019

फागुन २, भक्तपुर | जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातछेँ श्रेष्ठलाई २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् | श्रेष्ठलाई घुस  लिँदै गर्दा अख्तियारको टोलीले पक्राऊ गरेको हो । 

श्रेष्ठ प्रशासन अगाडिको होटल स्वीट होमको शौचालयमा रकम लिँदै गरिरहेको अवस्थमा रंगेहात अख्तियारको फन्दामा परेका हुन् ।  

जग्गा किनबेचको क्रममा बैना गरेको ३ लाख ५० हजार रुपैयाँ फिर्ता गर्न माग गर्दै प्रशासन कार्यालयमा परेको उजुरी उपर कारबाही गर्ने क्रममा श्रेष्ठले रकम नदिए प्रहरीमा पठाएर थुनाइदने भनेपछि रकम दिन पीडित पक्ष राजी भएको बुझिएको छ । 

रकम फिर्ता गर्न २५ हजार रुपैयाँ मागेपछि त्यही रकम दिने क्रममा अख्तियारको टोलीले श्रेष्ठलाई पक्राऊ गरेको प्रहरीले जानकारी दिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!