बर्दियामा टयाक्टर दुर्घटना,एक जनाको मृत्यु, १५ जना घाइते

Posted on: 15 Jan, 2020

माघ १, बर्दिया | बर्दियामा ट्याक्टर दुर्घटना भएको छ | दुर्घटनामा एक जनाको  मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् |  घाइते मध्ये ३ जनाको अवस्था गम्भीर  छ | जिल्लाको गेरुवा गाउँपालिका वार्ड न ५ पहाडीपुरका १३ वर्षीय बालक रुबेन चौधरीको मृत्यु भएको छ |

ठाकुरद्धारामा रहको ठाकुरबाबा मन्दिरको दर्शन गरेर फर्कँदै गरेको भे १ त ७२०० नम्बरको टयाक्टर राजापुर नगरपालिका वडा नम्बर १० गेरुवास्थित कर्णाली पुल नजिकै टयाक्टर दुर्घटना भएको हो | गम्भीर घाइते भएका रुबेन लाइ उपचारका लागि जिल्ला सदरमुकाम गुलरिया लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ |  अन्य घाइतेहरुको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ | प्रहरीका अनुसार घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागी नेपालगञ्ज लगिएको छ |

बुधबार ठाकुरबाबा मन्दिरको दर्शन गरि फर्कने क्रममा विहान बाक्लो हुस्सुका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ | टयाक्टर चालक मिठ्ठु चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!