आफ्नै लास देखेका यी युवाको कथा यस्तो छ (भिडियो सहित)

Posted on: 23 Sep, 2017

सास । असोज ७, बर्दिया ।

कुरा आजभन्दा करिब १७ वर्ष अगाडिको हो । वि.सं. २०५७ सालमा उनी काठमाडौं पढ्न बस्दा कलेजबाट पढेर कोठामा आएर केहीबेर आराम गर्नका लागि सुते । तर विडम्बना उनी उठेनन् । आफन्तहरुले जब ढोका फोडे तब उनी अकस्मात ब्युँझिए, अनि उनी आफैले थाहा पाएनन् कि उनलाई के भयो भनेर ! आखिर उनको अवचेतन मन जागृत भएको रहेछ । 


त्यही विषयलाई आधार मानेर लेखिएको गीत हो ‘सपनीमा मरें विपनीमा जिउँदै..’ । रचना गरिएको ६ वर्षपछि अर्थात २०६३ सालमा काठमाडौंको प्रज्ञा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भयो । फाट्टफुट्ट कताकति सञ्चारमाध्यमहरुबाट बजेपनि आज यो गीतका सर्जक बर्दियाली कलाकार प्रभात सुवेदीले आफ्नै प्रयासमा मोफसलबाटै सार्वजनिक गरेका छन् । 

जीवन भोगाइ हो, जीवन बाँच्नु र मर्नुबीचको दोसाँध हो भन्ने कुरालाई यस गीतमा देखाउन खोजिएको छ ।

यस गीतमा कलाकार रामप्रसाद लामिछानेको सुन्दर र सशक्त अभिनय रहेको छ भने यसको निर्देशन अभिनन्दन सुवेदीले गरेका छन् । 

यसरी कुनै व्यावसायिक च्यानलबाट सार्वजनिक नगरेतापनि मानवीय संवेदना झल्किने यो सिर्जनालाई सबैले मन पराउने कुरामा सर्जक सुवेदी आशावादी देखिन्छन् ।

हेर्नुहोस् भिडियो ....



यस बिषयमा तपाइको प्रतिक्रिया...!