करीब १ लाखको अवैध सामान बरामद !

Posted on: 05 Oct, 2018

सास । असोज १९, बर्दिया । 

भन्सार छली गरी भारतबाट ल्याइएका करिब १ लाख बराबरका विभिन्न सामानहरु मधुवन नगरपालिका वडा नं. ९ बाट प्रहरीले बरामद गरी विहीबार आवश्यक कारवाहीका लागि राजापुर भन्सार कार्यालयमा बुझाएको छ । 

भन्सार छली गरी ल्याइएका सामानहरु सहित गुलरिया न.पा. १ का ३९ वर्षका छोटे दर्जी, वर्ष २३ का निरज यादव, वर्ष १८ का सहिन साह, वर्ष २० को सफीक दर्जी र २१ वर्षीय अजमेर अलि दर्जीलाई बरामद सामान सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । 

साइकल, हसिया, फन्टि, थिनर, साडी, तन्ना लगायतका सामग्रीहरु बरामद गरी राजापुर भन्सार कार्यालयमा आवश्यक कारवाहीका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!