सामाजिक संजाल मार्फत ठगी गर्ने पक्राउ

Posted on: 21 Jan, 2021

माघ ८,बारा । सामाजिक संजाल मार्फत  ठगी गर्ने गिरोहमा संलग्न एकजना पक्राउ परेका छन् ।  मंगलबार प्रहरीले बाराको प्रसौनी गाउँपालिका-४ बंजरिया टोल बस्ने २७ वर्षीय भोला महतोलाई पक्राउ गरेको हो । 

महतोले महागढीमाई नगरपालिका-३ बस्ने दिपेन्द्र प्रसाद जयसवाललाई २५ लाख रुपैयाँ बराबरको चिठ्ठा परेको छ र उक्त रकम प्राप्त गर्न अग्रिम १ लाख ७५ हजार रुपैयाँ जम्मा गर्नुपर्छ भनी बिभिन्न प्रलोभन दिई उक्त रकम ठगी गरी फरार रहेको प्रहरीले जनाएको छ ।

महतो उपर ठगी मुद्दा शीर्षकमा जिल्ला अदालत बाराबाट म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!