बसले स्कुटीलाई ठक्कर दिँदा तीन जनाको मृत्यु

Posted on: 27 Sep, 2020

असोज ११, कलैया (रासस) । बसले स्कुटीलाई ठक्कर दिँदा आज साँझ तीन जनाको घटनास्थलमा मृत्यु भएको छ  । आज साँझ ५ बजे जीतपुर सिमरा उपमहानगरपालिका १ पूर्वपश्चिम सडकखण्डको दुधौरा पुलबाट दुई सय मिटरपूर्व सडकमा निजगढबाट पथलैयातर्फ आउँदै गरेको ना ४ ख ७२४४ नम्बरको बसले पथलैयाबाट निजगढतर्फ जाँदै गरेको प्रदेश नं२(०३)००४ प ४४४२ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार चालक  निजगढ  नगरपालिका –१० लाल बस्ने  २६ वर्षीय तीर्थमान स्याङ्तान, निजकै श्रीमती  २३ वर्षीया ज्योति र   एक वर्षीय छोराको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।  बस चालक फरार भएको र निजको खोजतलास भइरहेको  छ  । दुवै सवारी प्रहरी नियन्त्रणमा छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!