‘अबको ५ वर्षमा निजगढ विमानस्थल’

Posted on: 06 Feb, 2020

माघ २३, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ५ वर्ष्भित्र निजगढ विमानस्थल बनाइसक्ने दाबी गरेका छन् । देशकै ‘गेम चेन्जर’ परियोजना भएकाले सरकारले यसको निर्माणका लागि ‘अर्जुन दृष्टि’ लगाएर काम गरिरहेको उनको भनाइ छ । 

नेपालका विमानस्थलहरूको वर्तमान अवस्थाबारे जानकारी दिन बुधवार नेपाल नागरिक उड्डयन प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले प्राविधिक काम सल्टाउँदै स्वीट्जरल्यान्डको ज्युरिख एयरपोर्टसँग व्यावसायिक प्रस्ताव मागिएको जानकारी दिए ।

‘जग्गा अधिग्रहण, टाँगिया बस्ती स्थानान्तरण तथा रूख कटानका विषयमा करीब सहमति भइसकको छ,’ उनले भने, ‘लगानी र निर्माणको बारेमा लगानी बोर्डले स्वीट्जरल्यान्डको ज्युरिख एयरपोर्टसँग व्यावसायिक प्रस्ताव मागिसकिएको छ । अबको ५ वर्षमा निजगढ विमानस्थल निर्माण सम्पन्न गरिनेछ ।’

काठमाडौंको अधिक ट्राफिक चाप घटाउन र मुलुकको समग्र विकासका लागि यो आयोजनाको विकल्प नरहेको मन्त्री भट्टराईको धारणा छ । अबको ५ वर्ष्भित्र नेपालमा हवाई पूर्वाधारको अवस्थामा धेरै सुधार आउने भन्दै उनले अहिले वार्षिक २० लाख पर्यटक आउने लक्ष्य राखिएकोमा अबको ५ वर्षपछि वार्षिक १ करोड पर्यटक नेपालमा भित्रिने दाबी गरे । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!