बैङ्कमा चोरी गर्न आएकालाई पक्राउ गर्ने सुरक्षागार्ड ५ हजार नगदसहित पुरस्कृत

Posted on: 09 Aug, 2019

साउन २४, बारा  | बाराको कलैया उपमहानगरपालिकामा रहेको एनसीसी बैङ्कमा चोरी गर्न आएको चोरलाई पक्राउ गर्ने सुरक्षा गार्डलाई प्रहरीले पुरस्कृत गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले पूर्व प्रहरी हवलदारसमेत रहेका साहेब प्रसाद यादवलाई रु ५ हजार नगदसहित पुरस्कृत गरेका हुन् ।

बिहीबार राती १२ः३० बजेको समयमा एक १७ वर्षीय युवक चोरी गर्ने मनसायले बैङ्कको छतबाट कम्पाउन्डमा प्रवेश गरेका थिए । ती युवकले सिसीटीभी र बिजुलीको लाइन काटेर चोरी गर्न लागेको अवस्थामा सुरक्षागार्ड यादवले पक्राउ गरेका थिए ।

पक्राउ गरे लगत्तै यादवले प्रहरीलाई खबर गरेका  थिए । प्रहरी प्रवक्ता रञ्ज्ति सिंह राठौरका अनुसार ती युवकमाथि चोरी उद्योग मुद्दामा बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!